site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई–कम डलर कार्डमा रियल टाइम लोड सुविधा

काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । 

बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई–कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा सदस्यताजस्ता कार्यका लागि आवश्यक अमेरिकी डलर आफ्नै मोबाइलबाट सेवाग्राही आफैँले तुरुन्तै कार्डमा लोड गर्नसक्ने छन् । भिसा ब्रान्डको यो कार्ड अन्तर्राष्ट्रिय कारोबारका लागि मान्य हुने बैंकले जनाएको छ ।

रियल टाइम लोड सुविधा उपलब्ध भएसँगै डलर कार्डमा रकम लोड गर्न शाखामा गइरहनुपर्ने झन्झट अन्त्य भएको बैंकले जनाएको छ । मोबाइल एपबाट तुरुन्तै रकम लोड गर्न सकिने भएकाले अनलाइन किनमेल, अन्तर्राष्ट्रिय सब्स्क्रिप्सन र अन्य डिजिटल सेवाहरूको भुक्तानी सहजै गर्न सकिन्छ । यसले समय, ऊर्जा र लागतमा बचत गर्नुका साथै विश्वव्यापी अनलाइन कारोबारमा सहज पहुँच प्रदान गर्ने बैंकको विश्वास छ ।

भर्चुअल कार्ड जारी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ भने नवीकरण शुल्क वार्षिक तीन सय रुपैयाँ तोकिएको छ । मोबाइल बैंकिङमार्फत टप–अप गर्दा भने कुनै शुल्क लाग्दैन ।

ई–कम डलर कार्डमार्फत वार्षिक अधिकतम पाँच सय डलरसम्म कारोबार गर्न सकिनेछ । सेवा लिन ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एप प्रयोग गरी सजिलै अनलाइन आवेदन दिन सक्नेछन् ।

यस एपमार्फत खाताको व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, क्यूआर पेमेन्ट, वालेट लोडलगायत सेवा सहज रूपमा उपलब्ध रहेको बैंकले जनाएको छ । अब यसमा थपिएको रियल टाइम डलर कार्ड टप–अप सुविधा विशेष आकर्षणको रूपमा रहने बैंकको विश्वास छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्