site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहमा रोकियो प्रहरीको रणनीतिक कार्ययोजना, मन्त्रालय भन्छ– जानकारी छैन 

काठमाडौं । नेपाल प्रहरीको रणनीतिक कार्ययोजना करिब डेढ वर्षदेखि गृह मन्त्रालयमा रोकिएको छ ।

प्रहरीले पञ्वर्षीय योजना बनाएर गृह मन्त्रालयमा पठाएको डेढ वर्षसम्म पनि अघि नबढेको प्रहरी स्रोतले जानकारी दिएको छ । यसले गर्दा प्रहरीको कामकाजमा केही समस्या परेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीले सोही कार्ययोजनामार्फत दैनिक तथा दीर्घकालीन कामहरु गर्नुपर्ने भए पनि गृह मन्त्रालयमा रणनीतिक कार्ययोजना रोकिएकाले केही समस्या परेको जनाएको छ ।

“हामीले रणनीतिक कार्ययोजना बनाएर पठाएको करिव डेढवर्ष भयो,” प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, “तर गृहले पारित गरिदिएको छैन । कारण पनि भनेको छैन । तर विभिन्न बहानाबाजी बनाएर उक्त रणनीतिक योजना अल्झाउँदै आएको छ ।”

स्रोतका अनुसार गृह मन्त्रालयसँग यस विषयमा पटक पटक छलफल र आग्रहसमेत गरिएको छ ।  प्रहरी प्रवक्ता मनोज न्यौपानेले आफूहरुले पञ्चवर्षीय कार्ययोजना बनाएर गृहमा पठाएको तर उक्त योजना पारित हुन नसकेको बताए । “१ वर्षदेखि ५ वर्षभित्रमा हामीले के–के काम गर्ने भन्दै योजना बनाएर गृहमा पठाएका छौं,” उनले भने, “पास गर्ने प्रकृयामै भएर होला अहिलेसम्म फिर्ता पनि आएको छैन ।”

तर गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले भने प्रहरीको रणनीतिक कार्ययोजनाका बारेमा आफुलाई कुनै जानकारी नआएको बताउँछन् । बाहखरीसँग कुरा गर्दै उनले भने, “प्रहरीको रणनीतिक कार्ययोजना कहाँ पुगेको छ, मलाई जानकारी आएको छैन, यस वियषमा बुझौँला ।” 
 

प्रकाशित मिति: आइतबार, पुस २३, २०७४  ०९:४७
प्रतिक्रिया दिनुहोस्