site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलको पश्चिम किनारामा २२ यहुदी बस्ती बसाउने योजनामा के छ प्यालिस्टिनको प्रतिक्रिया ?

काठमाडौं । इजरायलले उसको कब्जामा रहेको प्यालिस्टिनको भूभागको पश्चिम किनारामा २२ नयाँ यहुदी बस्तीहरू बसाउने भएको छ । यो पछिल्ला धेरै दशकमा हुन लागेको सबैभन्दा ठूलो वस्ती विस्तार भएको बीबीसीले जनाएको छ ।

इजरायलका रक्षा मन्त्री योआव ग्यालन्ट र अर्थमन्त्री बेजेल स्मोट्रिचले यी बस्तीहरूमध्ये धेरै पहिले नै सरकारी अनुमति बिना नै निर्माण गरिएको बताएका छन् । तर, अब यसलाई इजरायली कानुनअन्तर्गत समेटिनेछन् । बाँकी बस्तीहरू पूर्णरूपमा नयाँ हुनेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अन्तर्राष्ट्रिय कानुनअनुसार यी बस्तीहरू कानुनी रूपमा अवैध मानिन्छन् । तर, इजरायलले यसलाई स्वीकार गर्दैन । इजरायल र प्यालिस्टिनका बीच यो सबैभन्दा विवादित मुद्दाहरू मध्ये एक हो ।

इजरायली रक्षामन्त्री ग्यालन्टले यो कदमले प्यालिस्टिनका राज्यको स्थापना रोक्ने कदम भनेका छन् । यसले इजरायलको लागि खतरा सिर्जना गर्छ । प्यालिस्टिनी राष्ट्रपति महमूद अब्बासले यसलाई खतरनाक विस्तार भएको बताए ।

इजरायली बस्ती विस्तार विरोधी निगरानी संस्था पिस नाउले यसलाई ३० वर्षभन्दा बढी समयमा गरिएको सबैभन्दा ठूलो बस्ती विस्तारको कदम बताएको छ । संस्थाले यसले पश्चिम किनारालाई नयाँस्वरूप दिने र इजरायली कब्जालाई अझ बलियो बनाउने सम्भावना जताएको छ । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०७:३८
प्रतिक्रिया दिनुहोस्