site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सवारीसाधन रोकेर धर्नामा उत्रिए यातायात व्यवसायी

काठमाडौं । निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी देशका सबै प्रदेश सरकारले नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायी आन्दोलित भएका छन् । त्यसकै विरोधमा सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिको अगुवाइमा शनिबार (जेठ १७) काठमाडौंमा एक घण्टा सवारीसाधन रोकेर धर्ना दिइयो ।

गण्डकी प्रदेश सरकारले उक्त नियमावली ल्याएपछि व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले गण्डकी सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली खारेज गर्नुपर्नेलगायत माग अघि सारेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सवारी ऐन, २०४९ को विपरीत गण्डकी सरकारले ‘राइड सेयरिङ’को नाउँमा निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधा दिएर सम्पूर्ण सार्वजनिक यातायात क्षेत्रलाई अस्तव्यस्त गर्ने काम व्यवसायीको भनाइ छ । सोही कारण आन्दोलन गर्नुपरेको सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले बताए ।

उनले हाल आन्दोलन सांकेतिक मात्र भएको बताए । यही जेठ १९ गतेदेखि देशभर आन्दोलन गर्ने उनले चेतावनी दिए ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले अरू प्रदेशमा पनि उक्त व्यवस्था लागु गर्न खोजिएकाले त्यसविरुद्ध शान्तिपूर्ण रूपमा एक घण्टा धर्ना आयोजना गरिएको बताए ।

उनीहरूले संघीय ऐनसँग बाझिने गरी छुट्टै नियमावली ल्याउन नहुनेमा जोड दिएका छन् । गण्डकी प्रदेशले ल्याएको नियमावली खारेज गर्न माग गरेका छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्