site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा अलपत्र ९०० यात्रीलाई ‘स्कर्टिङ’
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कस्कीको पोखरामा अलपत्र यात्रीलाई गन्तव्यमा पुर्‍याउन ‘स्कर्टिङ’ गरिएको छ ।

सार्वजनिक यातायात बचाऊ संघर्ष समिति गण्डकी प्रदेशले यही जेठ १६ गतेदेखि त्यहाँ उक्त गाडी बन्द गरेपछि पृथ्वीचोकमा सयौँ यात्री अलपत्र परेका थिए । काठमाडौं आउने करिब ९०० यात्रीलाई शनिबार (जेठ १७) साँझ ६ बजे १९ बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन  लागिएको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले स्कर्टिङ गर्दै यात्रीलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने उनले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  २२:३५
प्रतिक्रिया दिनुहोस्