site stats
बाह्रखरी :: Baahrakhari
विदेश
४० रुसी बमवर्षक विमानलाई निसाना बनाएको युक्रेनको दाबी

काठमाडौं । युक्रेनले ड्रोन आक्रमणमा ४० भन्दा बढी रुसी बमवर्षक विमानहरूलाई निसाना बनाएको दाबी गरेको छ । यसलाई रुसी वायुसेनामाथि हालसम्मकै सबैभन्दा आक्रामक आक्रमण मानिएको छ । 

युक्रेनी सुरक्षा सेवा, एसबीयूले एक विज्ञप्ति जारी गर्दै भन्यो, "रूसमा धेरै रणनीतिक रूपमा महत्त्वपूर्ण शत्रु बमवर्षकहरू जलिरहेका छन् ।"

विज्ञप्तिअनुसार युक्रेनले शत्रु बमवर्षक विमानहरूलाई नष्ट गर्ने उद्देश्यले ठूलो मात्रामा विशेष अपरेसन सञ्चालन भइरहेको छ । यसले ४० भन्दा बढी विमानहरूलाई लक्षित गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एसबीयूले एउटा नाटकीय भिडियो पनि जारी गर्‍यो जसमा यसले साइबेरियाको इर्कुत्स्कमा रहेको रूसको बेलाया सैन्य अड्डालाई लक्षित गरेको बताएको थियो ।

एसबीयूले एउटा नाटकीय भिडिओ पनि जारी गरेको छ, जसमा यसले साइबेरियाको इर्कुत्स्कमा रहेको रुसको बेलाया सैन्य अड्डालाई निसाना बनाएको देखाइएको छ । 

भिडिओमा विस्फोट र धुवाँको मुस्लो देखिएको छ ।  रिपोर्टअनुसार, मुर्मन्स्कको ओलेन्या सैन्य अड्डामा पनि आक्रमण गरिएको छ ।

इर्कुत्स्कका गभर्नर इगोर कोब्वेजले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडिओमा इर्कुत्स्क क्षेत्रको स्रेडली गाउँमा रहेको सैन्य एकाइबाट धुवाँ उडिरेहको देख्न सकिन्छ । कोब्वेज भन्छन्, "यो साइबेरियामा भएको पहिलो आक्रमण हो ।"

रुसी मिडियामा आएका रिपोर्टले मुर्मन्स्क र इर्कुत्स्कमा भएका आक्रमणबारे उल्लेख गरेका छन् ।  तिननमा भनिएको छ, "रुसी हवाई रक्षाले काम गरिरहेको छ ।"

यसैबीच युक्रेनी अधिकारीहरूले रुसले हिजो राति युक्रेनमा ४७२ ड्रोन, ७ ब्यालिस्टिक र क्रूज मिसाइलले आक्रमण गरेको बताएका छन् । जुन हालसम्मको ठूलो ड्रोन आक्रमण भएको उनीहरूको भनाइ छ ।

युक्रेनले ३८५ हवाई लक्ष्य नष्ट गरेको बताएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  २२:३१
प्रतिक्रिया दिनुहोस्