site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीले भन्यो– राइडरले बढी भाडा र अफलाइन बार्गेनिङ गरे जानकारी दिनोस्

काठमाडौं । राइड सेयरिङ एपमार्फत यात्रीसित बाढी भाडा नलिन प्रहरीले चालकलाई सचेत गराएको छ । चालकले यस्तो गरेको पाइएमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।

सोमबार (जेठ १९) बिहान एक सूचना जारी गर्दै प्रहरीले राइड सेयरिङ एपमार्फत यात्रीसित बढी भाडा लिने गरिएको गुनासो प्राप्त भएको जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्ता चालकले अफलाइन बार्गेनिङ पनि गर्ने गरेका छन् । यस्तो गरेको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ मा फोन गरी जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।

“विभिन्न राइड सेयरिङ एफमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको हुनाले राइडरहरूले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौँ,” प्रहरीको सूचनामा उल्लेख छ ।

सार्वजनिक यातायात व्यवसायी आफ्ना सवारीसाधन ग्यारेजमा थक्याएर आन्दोलनमा उत्रिएपछि धेरै सार्वसाधारणले राइड सेयरिङ एपलाई विकल्पका रूपमा छानेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्