site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् बैठक चल्न नदिने विपक्षी दलहरूको तयारी

फाइल तस्बिर ।

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि पहिलोपटक आज बस्न लागेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने विपक्षी दलको तयारी छ । 

नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बैठक बसेर बैठक सञ्चालन हुन नदिने निर्णय गरिसकेका छन् । 

सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निचोड निकाल्दै बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो । 

रास्वपाले पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म संसद्को कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ । 

सोमबार बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको थियो । 

आजको संसद् बैठकमा पार्टीको भूमिका जेठ १३ र १४ गतेकै हुने बैठकले निर्णय गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्