site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सांसदको चेतावनी– समानुपातिकलाई हेपे बजेट पास हुन दिँदैनौँ

काठमाडौं । नेकपा (एमाले)का सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिएका छन् । मंगलबार पूर्वाधार विकास समितिको बैठकमा सांसद शाहीले समानुपातिक सांसदलाई सरकारले हेपेको बताए ।

उनले  ७० जना सत्तारूढ दलका समानुपातिक सांसद रहेको र समानुपातिक सांसदलले चाहेमा बजेट पास हुनबाट रोक्न सक्ने चेतावनी दिए । गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधव नेपाल पनि कुनै बेला समानुपातिक नै रहेको उदाहरण दिँदै उनले बोल्नेलाई मात्रै योजना दिने गरिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"बोल्नेहरूको ठाउँमा मन्त्री आफैँ गएर योजना दिने अनि हामीलाई समानुपातिक भन्ने ? हामी राजनीतिक र अनुशासित ढंगले मात्रै बजेट पास गर्दै छौँ, तपाईंहरूको हेपाइ हेर्ने हो भने पास हुन रोक्न सक्छौँ," उनले भने ।

सांसद शाहीले संसदीय समितिका सभापति, संसदीय दलका नेता, पार्टीका अध्यक्ष 'ए' क्लास, २५ जना मन्त्री 'बी' क्लास, प्रत्यक्ष निर्वाचित १६५ जना 'सी' क्लास, चर्को बोल्न सक्ने 'डी' क्लास, समानुपातिक 'ई' क्लास र राष्ट्रियसभा 'एफ' क्लासका राणा बनाइएको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्