site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चले खोलिदियो बाटो

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दा २० वर्षपछि सर्वोच्च अदालतले बिउँत्याइदिएको छ । 

काभ्रेका अर्जुल लामा हत्या अभियोगमा सापकोटाविरुद्धको जाहेरी मुल्तबीमा राख्ने मन्त्रिपरिषद्को निर्णयका कारण रोकिएको अनुसन्धान अब अघि बढ्ने भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले हत्या गरिएका लामाकी पत्नी पूर्णीमायाको रिटमा उत्प्रेषणको आदेश जारी गर्दै सापकोटाविरुद्धको अनुसन्धान अघि बढाउने बाटो खुल्ला गरिदिएको हो ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्