site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्को अवरोध हटाउन ‘अधिकतम पहल गर्ने’ माओवादीको निर्णय
माओवादी संसदीय दल बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसद्को अवरोध हटाउन ‘अधिकतम पहल गर्ने’ निर्णय गरेको छ । बिहीबार (जेठ २२) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकबाट रचनात्मक ढंगले निकास निकाल्न पहल गर्ने निर्णय गरिएको हो ।

“हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहनेछ । सिर्जनात्मक रचनात्मक ढंगले हामी निकास निकाल्न लाग्नेछौँ,” बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य भएको बताए । व्यक्तिविशेषप्रति आफूहरूको कुनै ध्यान नभएको उनले उल्लेख गरे । उनले सरकार र विपक्षी नेतासँग छलफल गर्ने पनि बताए ।  

“सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने ढंगले संसद् हिजो स्थगित भएको छ । विशेषतः सरकार र विपक्षी पार्टीसँग छलफल हुनेछ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्