site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ज्ञानेन्द्र शाहीको प्रस्ताव– विदेशी नागरिकता लिए पनि नेपालको खारेज नगरौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालमा वंशजको नागरिकता पाएका तर विदेश गएर उतैको नागरिकता लिइसकेपछि पनि नेपालको नागरिकता खारेज गर्न नहुने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद शाहीले कुनै देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता स्वतः खारेज हुने स्थितिले लगानी गर्नबाट रोकेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"०६३ सालमा नागरिकता ऐनले वंशजको आधारमा नागरिकता प्राप्त गरिसकेका मानिस विदेश गए र कुनै देशको नागरिकता लिए भने त्यो स्वतः खारेज हुन्छ । यसले नेपालको मान्छेहरू, जो युवाहरू देश फर्किन चाहन्छन्, लगानी गर्न चाहन्छन्, त्यो हुन सकेन । उनीहरू नेपाल आउनै नदिने नेपालमा कानुन बन्यो । किनभने उनीहरूलाई सदाका लागि विदेशी बनाउने, वंशजको नागरिकता पनि स्वतः खारेज हुने व्यवस्था आयो," शाहीले भने ।

उनले अगाडि थपे, "त्यसले अर्बौं रुपैयाँ कमाए पनि तिनीहरू नेपाल आएर लगानी गर्न नपाउने भए । किनभने उनीहरूले नागरिकता नै विदेशी बनाइसके । राष्ट्रघात भयो । जसका पुर्खाले यो देश बनाएका हुन्, आज तिनका सन्तानहरू विदेशी हुने, विदेशीहरूलाई सहजै नेपालको नागरिकता दिने ? यसले समस्या पैदा गरेको छ । वंशजको आधारमा नागरिकता प्राप्त गरेका नागरिकको नागरिकता क्यान्सिल गर्न हुँदैन ।"

 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्