site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हार्वर्डमा विदेशी विद्यार्थी भर्ना निषेध गर्ने निर्णयमा अदालतको अस्थायी रोक

काठमाडौं । अमेरिकाको एक संघीय न्यायाधीश एलिसन बरोजले हार्वर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रवेश नदिने ट्रम्प प्रशासनको निर्णयमा अस्थायी रोक लगाएकी छिन् ।

म्यासाचुसेट्स राज्यकी न्यायाधीश बरोजले भनिन्, “यो प्रतिबन्ध लागु भएमा अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयलाई तत्काल गम्भीर क्षति पुग्न सक्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार हार्वर्डले अदालतमा दायर गरेको मुद्दाको पृष्ठभूमिमा यो फैसला आएको हो ।

हार्वर्डले आरोप लगाएको थियो कि ट्रम्प प्रशासनले जानीजानी उनीहरूलाई निशाना बनाएर अभिव्यक्ति स्वतन्त्रतालाई दमन गर्न खोजेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यो प्रतिबन्ध देशको सुरक्षाको लागि आवश्यक भएको बताएका छन् । साथै, हार्वर्डले यहुदीविरोधी गतिविधि रोक्न पर्याप्त कार्य नगरेको आरोप पनि उनले लगाए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्