site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनताको आवश्यकतामा संवेदनशील हुन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताका आवश्यकतासँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताएकी छन् । 

राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरूका लागि आज धनगढीमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राहदानी अब नागरिकको कुनै विलासिताको बस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“त्यसैले यो सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बस्नेहरू सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ । सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइदिनु होला,” उनले भनिन् ।  

संवेदनशील सेवा दिने ठाउँमा बसेका कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड छ । कसरी नागरिकलाई छिटोछरितो र सहज सेवा दिन सकिन्छ भनेर सोच्नुपर्ने उनको भनाइ छ । 

“राहादानी लिनका लागि पहिलेजस्तो जटिल अवस्था अहिले छैन । तर, पनि सेवा प्रदान गर्ने समय र वितरणका क्रममा केही समस्या आउने गरेका मैले सुनेकी छु,” उनले भनिन्, “सरकारी सेवा जतिसक्दो चाँडै पाइयोस् भन्ने अपेक्षा जनताले राख्नु स्वाभाविक हो ।” 
 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्