site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । सोमबारको प्रदेशसभा बैठकबाट प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।

यसअघि नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भ उठिरहेका प्रश्नबारे सरकार गम्भीर रहेको बताए । उनले सुशासन कायम गर्न र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर सरकारले काम गरिरहेको बताए ।

नीति कार्यक्रममा छुटेका विषयलाई बजेटमार्फत सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री शाहले सीमित स्रोतसाधनका बीचबाट काम गर्नुपर्ने परिस्थितिलाई बुझिदिन प्रदेशसभा सदस्यलाई आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्