site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ब्रिटेन र अस्ट्रेलियासँगको सबमरिन सम्झौताको समीक्षा गर्दै अमेरिका
तस्बिर : रोयटर्स ।

काठमाडौं । अमेरिकाले ब्रिटेन र अस्ट्रेलियासँगको पनडुब्बी (सबमरिन) सम्झौताको समीक्षा थालेको छ । अमेरिकाले यो सुरक्षा सम्झौता ‘अमेरिका फर्स्ट’ एजेन्डाअनुसार हुनुपर्ने जनाएको छ ।

चीनको बढ्दो शक्तिको प्रतिक्रियास्वरूप यो त्रिपक्षीय सम्झौतालाई विश्वव्यापी रूपमा हेरिन्छ । यसअन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट आफ्नो पहिलो परमाणु शक्ति सञ्चालित पनडुब्बी प्राप्त गर्ने भनिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत वर्ष अस्ट्रेलिया र ब्रिटेनले आफ्नो समीक्षा गरेका थिए । दुवै देशले अमेरिकी समीक्षालाई सामान्य प्रक्रिया भनेका छन् । नयाँ प्रशासनले सम्झौताको पुनर्मूल्यांकन गर्नु स्वाभाविक भएको उनीहरूको टिप्पणी छ ।

यो २१७ बिलियन डलर सम्झौता ऐतिहासिक कदम भएको र सन् २०२१ मा तीनै देशका नेताले हस्ताक्षर गरेका थिए । एक अमेरिकी रक्षा अधिकारीले बीबीसीलाई भने, “यो सम्झौता हाम्रो अमेरिका फर्स्ट नीतिसँग मेल खान्छ/खाँदैन भनेर निश्चित गर्ने उद्देश्यले हामी यो सम्झौताको समीक्षा गरिरहेका छौँ ।”

यो घटनाक्रमलाई ऐतिहासिक भनिएको छ । किनभने, अमेरिकाले आफ्नो आणविक प्रविधि कुनै सहयोगी गैरआणविक देशलाई हस्तान्तरण गरेको यो पहिलोपटक हो ।

सम्झौताले एसिया–प्रशान्त क्षेत्रमा सामरिक सन्तुलन परिवर्तन गर्ने र चीनले यसलाई अत्यन्त गम्भीर सैन्य सुरक्षा खतराका रूपमा लिएको छ । सम्झौताको कार्यान्वयन सन् २०२३ देखि सुरु भएर २०५० सम्म जारी रहने योजना छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्