
काठमाडौं । भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटनामा पाइलटसहित सातजनाको निधन भएको भारतको एनडीटीभीले जनाएको छ ।
हेलिकोप्टरमा सवार यात्रीहरू केदारनाथ मन्दिर दर्शनका लागि जाँदै गरेका थिए । एरियन एभिएशनको हेलिकोप्टर केदारनाथ धामबाट गुप्तकाशी जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो । सो स्थान गौरीकुण्ड र सोनप्रयाग बीचमा पर्ने बताइएको छ । हेलिकोप्टर उडेको १० मिनेटपछि जंगलमा ठोकिएर दुर्घटना भएको हो ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार बिहान ५ः२० मा सो घटना भएको हो । हेलिकोप्टरमा पाँच वयस्क र एक बच्चा र एक पाइलट थिए । ती सबैको मृत्यु भएको समाचारमा जनाइएको छ । पीडितहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका भएको बताइएको छ । यो पछिल्ला ६ हप्तामा यस्तै पाँचौँ दुर्घटना भएको बताइएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनामा गहिरो दुःख व्यक्त गर्दै उद्धार कार्य तत्काल सुरू गरिएको जानकारी दिएका छन् ।