site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'ऋणमुक्त देश' बनाउन ढोरपाटनले संघ सरकारलाई पाँच लाख सहयोग गर्ने

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकाले संघ सरकारको ऋण तिर्न पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्दै नगर उपप्रमुख धनबहादुर कायतले 'ऋणमुक्त देश' बनाउन पाँच लाख रुपैयाँ विनियोजन गरेको जनाएका हुन् ।

बजेट वक्तव्यमा उनले ढोरपाटन नगरपालिकाले आफ्नो दायित्व बोध गरेर नेपाल सरकारको ऋण तिर्न सहयोग गर्ने उल्लेख छ । उनले यस अभियानमा सहभागी बन्न पनि आग्रह गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल सरकारले लिएको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । बाह्य ऋण १३ खर्ब एक अर्ब ७४ करोड रुपैयाँ छ । नेपालको अहिलेको आन्तरिक तथा बाह्य ऋणको भार दामासाहीले भाग लगाउँदा प्रत्येक नेपालीको भागमा ९१ हजार रुपैयाँभन्दा बढी पर्ने देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्