site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घट्यो पेट्रोल र डिजेल खपत, एक खर्ब ७४ अर्ब रुपैयाँको आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा एक खर्ब ७४ अर्ब ९९ करोड रुपैयाँको डिजेल र पेट्रोल आयात भएको छ । भन्सार विभागका अनुसार, गत वर्षको ११ महिनाको तुलनामा यो वर्ष पेट्रोल र डिजेलको खपत घटेको छ । 

गत वर्षको ११ महिनामा एक खर्ब ९२ अर्ब आठ करोड रुपैयाँको डिजेल र पेट्रोल आयात भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चालु आर्थिक वर्ष ०८१/८२ को जेठ मसान्तसम्म ५८ अर्ब ५८ करोड ९० लाख रुपैयाँको पेट्रोल आयात भएको छ । सोही अवधिमा ११ खर्ब ५५ अर्ब ५० लाख रुपैयाँको डिजेल आयात भएको छ । 

गत वर्षको जेठ मसान्तसम्म ६२ अर्ब ८७ करोड ७३ लाख रुपैयाँको पेट्रोल आयात भएको थियो । सो अवधिमा एक खर्ब २९ अर्ब २० करोड रुपैयाँको डिजेल आयात भएको थियो । 

चालु वर्षको ११ महिनामा कुल साढे दुई खर्बको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागले जनाएको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्