site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेशनल लाइफ इन्स्योरेन्सकोको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश पारित भएको छ । 

कम्पनीको ३७औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८०/०८१ वितरणयोग्य नाफाबाट प्रस्ताव गरेको चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर कर प्रयोजनसहित प्रस्तावित पाँच प्रतिशत नगद लाभांश पारित भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार आयोजना भएको वार्षिक साधारणसभामा अध्यक्ष प्रेमा सिंहले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताइन् ।

आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीको व्यवसाय सन्तोषनजनक रहेको छ । कम्पनीको कुल बिमा शुल्क २१.९० प्रतिशतले बृद्धि भई २० अर्ब ४९ करोड पुगेको छ ।

सञ्चालनबाट १३ अर्ब ६८ करोड खुद थप रकम कूल बिमा करार दायित्वमा सारिएको छ । कुल बिमा करार दायित्व गत वर्षको तुलनामा २१.७० प्रतिशतले वृद्धि भई ७९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले दाबी भुक्तानीमा आठ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी गरेको छ । कुल लगानी १७.३५ प्रतिशतले वृद्धि भई ७० अर्ब १५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ । आर्थिक वर्ष २०८०/०८१ मा सो दर ९.१७ प्रतिशत कायम रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्