site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदको प्रश्न– कहिलेसम्म हाम्रा युवा देश छोडेर बाहिरिने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग गरेकी छन् । शनिबार (असार ७) बसेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् ।

आफूहरूले आन्दोलन गर्दा पनि सदनमा जनताको आवाज नसुनिएको उनले उल्लेख गरिन् । उनले सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग किन नबनाएको ? भन्दै प्रश्न गरिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले यो सदनमा यत्तिका दिनसम्म जनताको माग राखेर उभिरहेका छौँ । तर, अहिलेसम्म पनि सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग बनाउँछु भनेर कतै पनि जनताको आवाजको सुनुवाइ गरेको छैन,” उनले भनिन् ।

सांसद श्रेष्ठले भिजिट भिसाबाटै रुस, खाडी मुलुकमा नेपाली जाने गरेका बताइन् । उनले भनिन्, “कहिलेसम्म हाम्रा युवाहरू देश छोडेर बाहिरिने ? एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्, एक वर्ष लगाएर किन ? त्यसमा पोलिसी रिफर्म गर्न पर्दैन ?” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्