site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सांसदको आपत्ति– संसद्प्रति मन्त्रीहरू जिम्मेवार भएनन्

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले संसद्प्रति मन्त्रीहरू जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका छन् । शनिबार (असार ७) प्रतिनिधिसभा बैठकमा उनले आपत्ति जनाएका हुन् ।

एकैपटक १० मन्त्रालयमाथिको छलफल गर्नुपर्ने स्थिति आउनु संसद्प्रति मन्त्रीको गैरजिम्मवारी भएको उनले टिप्पणी गरे । “...१० वटा किन पुग्यो भने हिजो केही मन्त्रीजीहरू आउनु भएन । अस्ति केही मन्त्रीजीहरू आउनु भएन,” उनले भने, “अनि, थपिँदै थपिँदै जाँदा १० वटा पुग्यो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संसद्‌मा विनियोजन शीर्षकमाथिको छलफल भइरहेका बेला योभन्दा महत्त्वपूर्ण अर्को काम के होला ? भन्दै प्रश्न गरे । उनले भने, “म माननीय मन्त्रीज्यूहरूलाई भन्न चाहन्छु– संसद् चलिरहेको बेलामा, विनियोजन शीर्षकमाथिको छलफल भइरहेको बेलामा त्योभन्दा महत्त्वपूर्ण अर्को काम के होला यहाँ ? जसले गर्दा यहाँ नआएर अन्तै जानुपर्ने के पर्‍यो होला ?

सचिव भट्टराईले विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरूलाई सुझाव दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्