site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सांसद मोदीको प्रश्न– अर्थमन्त्री देशको कि रुपन्देहीको मात्रै ?
अमनलाल मोदी ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णु पौडेलमाथि पक्षपातपूर्ण बजेट वितरणको आरोप लगाएका छन् । रुपन्देहीको मात्र कि देशकै अर्थमन्त्री ? भनेर उनले प्रश्न गरेका छन् ।

आइतबार (असार ८) प्रतिनिधिसभा बैठकमा उनले अर्थमन्त्री पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रमा मात्र बजेटकेन्द्रित गरेको आरोप लगाए । उनले सहरी विकास एवं सडक निर्माणका सबैभन्दा धेरै योजना अर्थमन्त्रीले आफ्नो जिल्लाकेन्द्रित राखेको आरोप लगाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आज उहाँ (अर्थमन्त्री) संसद्मा हुनु हुन्न । उहाँ अर्थमन्त्री त्यो रुपन्देहीतिरको मात्रै हुनुहुन्छ कि देशैभरिको अर्थमन्त्री हुनुहुन्छ ? अर्थमन्त्रीज्यूको जिल्लामा मात्रै बजेटको कुरा गर्ने हो भने सहरी विकास मन्त्रालयबाट झन्डै ८७ भन्दा माथि, सडकको ४० भन्दा माथि योजना छन्,” उनले भने ।

उनले अगाडि भने, “अरू मन्त्रालयबाट झन् के होला ? करचाहिँ सबै जिल्लाबाट लिने तर बजेटचाहिँ आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गर्ने ? यस्तो परिपार्टीले हामी कहाँ पुग्छौँ ?”

सांसद मोदीले बजेटको असमान वितरणले संघीयताको मर्मअनुरूप विकास गर्न नसकिने धारणा राखे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्