
काठमाडौं । इरानको पछिल्लो आक्रमणमा इजरायलमा ८६ जना घाइते भएका छन् । इजरायली आक्रमणविरुद्ध इरानले २०औँ चरणको मिसाइल र ड्रोन आक्रमण थालेको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार, इरानको ताजा आक्रमणमा तेल अभिभमा ८६ जना घाइते भएर अस्पताल भर्ना भएका छन् । मन्त्रालयले आइतबारको सूचना अपडेटमा दुईजना मध्यम र ७७ जना सामान्य घाइते भएको उल्लेख छ । चार जनाको अवस्था चिन्ताजनक छ ।
इरानी ब्यालिस्टिक मिसाइलले तेल अभिभको उत्तरी भागमा रहेको चारतले अपार्टमेन्ट भवनमा ठूलो प्वाल पारेको थियो ।
तेल अभिभको आवासीय क्षेत्रमा इरानको आक्रमणपछि लगभग २० जना सामान्य घाइते भएको सहरका प्रहरी प्रवक्ताले बताएका छन् ।
इरानले आक्रमण थालेदेखि दुईहजार ८३५ इजरायली अस्पताल भर्ना भएका छन् । तीमध्ये २३ जना गम्भीर घाइते छन् । यस्तै, १०७ जना मध्यम, दुईहजार ५५५ जना सामान्य र ११९ जनाको अवस्था चिन्ताजनक छ ।
सीएनएनबाट ।