site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी रक्षामन्त्रीले भने– ट्रम्प शान्ति चाहन्छन्, परमाणु हतियार होइन

काठमाडौं । अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले आइतबार पेन्टागनमा इरानका परमाणु स्थलहरूमा अमेरिकी आक्रमणको बारेमा विस्तृत जानकारी दिएका छन् ।  

आइतबार पेन्टागनमा आयोजित पत्रकार सम्मेलनको सुरुआतमा उनले भने कि अमेरिकाको आक्रमण इरानको परमाणु क्षमतालाई कमजोर र नष्ट गर्नका लागि गरिएको थिया ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रक्षामन्त्रीले यो कारबाहीमा इरानी सैनिक वा नागरिकमा कुनै असर नपरेको दाबी गरे ।

उनले धेरै राष्ट्रपतिहरूले इरानको परमाणु कार्यक्रममा अन्तिम प्रहार गर्ने सपना देखेका थिए, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पहिले कसैले पनि त्यस्तो गर्न सकेनन् । पिट हेगसेथले भने, “जब राष्ट्रपति ट्रम्प बोल्छन्, तब विश्वले सुन्नुपर्छ ।”  

उनले अमेरिकाको आक्रमणलाई साहसी र उत्कृष्ट भन्दै यो काम अमेरिकाबाहेक अरू कुनै देशले गर्न नसक्ने बताए । उनले राष्ट्रपति ट्रम्पले शान्ति चाहेको बताए । रक्षामन्त्री पिट हेगसेथले भने, “राष्ट्रपति ट्रम्पले भनेका छन् कि उनी शान्ति चाहन्छन्, परमाणु हतियार होइन, र इरानले पनि यही बाटो अपनाउनुपर्छ ।”

 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २२:५६
प्रतिक्रिया दिनुहोस्