site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानको आग्रहमा पाकिस्तानले बोलायो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इसहाक डारले इरान र इजरायलबीच बढ्दो तनावलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकबारे जानकारी दिएका छन् । उनले यो जानकारी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमार्फत दिएका छन् ।  

विदेशमन्त्रीले पोष्ट गर्दै भने, “इरानको आग्रहमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज न्यूयोर्क स्थानीय समयानुसार दिउँसो बोलाइँदै छ ।”  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इसहाक डारका अनुसार, यो बैठक राख्न इरानले अनुरोध गरेको र यसका लागि पाकिस्तान, चीन र रूसको समर्थन छ ।  

अमेरिकाले आइतबार बिहान इरानको फोर्दो, नतान्ज र इस्फहानका परमाणु स्थलहरूमा आक्रमण गरेको थियो । जसपछि इरान र इजरायलबीच द्वन्द्व थप फैलने खतरा उत्पन्न भएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २२:४५
प्रतिक्रिया दिनुहोस्