
काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकी सैन्य आक्रमणको जवाफमा विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ होर्मुज’ बन्द गर्ने निर्णयको बारेमा विचार गरिरहेको छ । यदि यो कदम अनुमोदन भएमा, यसले यो क्षेत्रमा तनावलाई बढाउने र विश्वको लगभग २० प्रतिशत तेल र ग्यास ढुवानीमा अवरोध ल्याउने जोखिम छ ।
इरानी सरकारी मिडिया प्रेस टीभीले आइतबार अन्तिम निर्णय देशको शीर्ष सुरक्षा निकायमा निर्भर भएको जनाएको छ । यद्यपि, संसद्ले यो प्रस्तावलाई अनुमोदन गरेको बताइएको छ । “स्ट्रेट अफ होर्मुज बन्द गर्ने विषय एजेन्डामा छ र आवश्यक परेमा यो गरिनेछ,” रिभोलुसनरी गाड्र्सका कमान्डर तथा सांसद इस्माइल कोसारीले इरानको यंग जर्नालिस्ट क्लबसँग कुरा गर्दै भने ।
ऊर्जा बजारमा तनाव स्ट्रेट अफ होर्मुज बन्द हुने सम्भावनाले विश्वव्यापी ऊर्जा बजारलाई हल्लाएको बताइएको छ, जुन जुन १३ मा इजरायलले इरानभर आश्चर्यजनक हवाई आक्रमण सुरु गरेपछि पहिलेदेखि नै अस्थिर थियो । यी आक्रमणहरू र त्यसपछिको अमेरिकी संलग्नताले स्ट्रेट अफ होर्मुजमार्फत समुद्री तेल ढुवानीमा अवरोधको डर उत्पन्न गरेको छ । ब्रेन्ट क्रूड तेलको मूल्य जुन १३ देखि १० प्रतिशतभन्दा बढीले उकालो लागेको र भूराजनीतिक जोखिम बढ्दै जाँदा प्रतिब्यारेल ४७७ माथि पुगेको छ ।
ट्यांकर युद्धको फ्ल्यासब्याक वर्तमान अवस्था सन् १९८० को दशकको इरान–इराक द्वन्द्वको ट्यांकर युद्धको सम्झना गराएको द मिन्टको समाचारमा उल्लेख छ । त्यतिबेला दुवै पक्षले खाडीमा तेल ट्यांकरहरूमाथि आक्रमण गरेका थिए ।
इरानले साउदी र कुवेती जहाजहरू र यहाँसम्म कि अमेरिकी नौसेनाका जहाजहरू माथि इराकको समर्थनको प्रतिशोधमा आक्रमण गरेको थियो ।
जवाफमा, रोनाल्ड रेगन प्रशासनले सन् १९७ मा अपरेशन अर्नेस्ट विल सुरु गर्यो, जसले तेल ट्यांकरहरूलाई संरक्षण गर्न अमेरिकी नौसेनालाई तैनाथ गर्यो । त्यो मिसन सन् १९८ मा अमेरिकी युद्धपोतले गल्तीले इरान एयर फ्लाइट ६५५ लाई खसालेपछि समाप्त भएको थियो, जसमा २९० जनाको मृत्यु भएको थियो ।
सन् २०२३ मा इरानी सेनाले ओमानको खाडीमा चेभ्रोनद्वारा चार्टर गरिएको एडभान्टेज स्वीट क्रूड ट्यांकरलाई कब्जा गरेको थियो । यो जहाज एक वर्षभन्दा बढी समयसम्म बन्दी राखिएको थियो । मएस्र्कले होर्मुज जलसन्धिमा जहाजहरू चलिरहेको बतायो । डेनिस शिपिङ कम्पनी मस्र्कले भने उपलब्ध जानकारीको आधारमा आफ्ना जहाजहरूको सुरक्षाको पुनर्मूल्यांकन गर्न तयार रहेको बताएको छ ।
“हामी स्ट्रेट अफ होर्मुज क्षेत्रमा हाम्रा विशिष्ट जहाजहरूको सुरक्षा जोखिमलाई निरन्तर अनुगमन गर्नेछौँ र आवश्यक परेमा सञ्चालनात्मक कदमहरू चाल्न तयार छौँ,” मस्र्कले एक विज्ञप्तिमा भने ।
अमेरिकी आक्रमणपछि नयाँ रेड लाइन स्ट्रेट अफ होर्मुजमा समुद्री गतिविधि हालसम्म उल्लेखनीय रूपमा अवरुद्ध भएको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष सैन्य संलग्नताले तेहरानको रणनीतिमा परिवर्तन ल्याउन सक्छ ।
आइतबार बिहान अमेरिका–इजरायल समन्वयमा इरानको फोर्डो, नटान्ज र इस्फहान आणविक सुविधाहरूमाथि गरिएको आक्रमणलाई वासिङ्टनले इरानको आणविक महत्त्वाकांक्षामाथि निर्णायक प्रहारको रूपमा वर्णन गरेको छ । “हामीले इरानी आणविक कार्यक्रमलाई ध्वस्त पारिदियौँ,” अमेरिकी रक्षा सचिव पिट हेग्सेथले भने, “यो अपरेशन खतरा निष्क्रिय गर्नेबारे थियो, शासन परिवर्तन होइन ।”
विश्वव्यापी फ्ल्यासपोइन्ट स्ट्रेट अफ होर्मुजको कुनै पनि बन्दले सम्भवतः विश्वव्यापी प्रतिक्रिया उत्पन्न गर्नेछ । यो साँघुरो जलमार्ग एसिया, युरोप र अमेरिकाका प्रमुख अर्थतन्त्रहरूको ऊर्जा सुरक्षाको लागि आवश्यक छ । पश्चिमी अधिकारीहरूले संयम अपनाउन र कूटनीतिमा फर्कन आह्वान गरेका छन्, तर अवस्था अस्थिर बनेको छ ।