site stats
बाह्रखरी :: Baahrakhari
देश
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पर्सा । श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राति श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।  

“प्रहरीको प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान् श्रीमतीबीच बोलचाल नभएको थाहा भएको छ,’’ उनले भने, ‘‘श्रीमान् लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्नेभन्दै रिसको आवेगमा हत्या गरेको हुनसक्ने देखिएको छ ।’’ रासस

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०६:४५
प्रतिक्रिया दिनुहोस्