site stats
बाह्रखरी :: Baahrakhari
देश
दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

मध्यविन्दु । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुम्कीबास क्षेत्रको वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१, दुम्कीबासमा पुल भाँचिएपछि ‘डाइभर्सन’बाट यातायात सञ्चालन गरिएको थियो । डाइभर्सन पनि बगाएपछि वैकल्पिक मार्गबाट सवारी ‘पास’ गराइएको थियो । सोमबार (असार ९) बिहानदेखि त्यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विनयी त्रिवेणी–३ स्थित खरंगे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरी उपरीक्षक यादव ढकालले बताए । हाल दाउन्ने–दुम्कीबासखण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने स्थिति छ ।

निरन्तरको वर्षासँगै पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्मित अस्थायी डाइभर्सन बगाएको थियो । डाइभर्सन बगाएपछि ‘होल्ड’मा राखिएका साना तथा मध्यम (१२ चक्केसम्म) सवारीसाधनलाई वैकल्पिक भित्री मार्ग हुँदै होङ्सी गेट, सर्दी र ज्यामिरे राजमार्ग प्रयोग गरी आवतजावत गराइएको थियो । त्यो मार्ग पनि अवरुद्ध भएपछि यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरी उपरीक्षक ढकालले बताए ।

वर्षासँगै नदी तथा खोलामा बाढी र अस्थायी डाइभर्सनको भरपर्दो व्यवस्था नहुँदा यात्रीलाई कठिनाइ हुँदै आएको छ । रासस

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्