राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद् बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा निरन्तर विरोध गर्दै आएका रास्वपा र राप्रपाका सांसदले बैठक बहिष्कार गरेका हुन् ।
आज बैठक सुरु भएलगत्तै राप्रपा र रास्वापाका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद शिव नेपाललाई बोल्न समय दिएका थिए ।
उनले आफूहरूको आन्दोलन जारी रहेकाले सदन बहिष्कार गर्ने बताए । लगत्तै नाराबाजीमा उत्रिएका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ ११:३७
प्रतिक्रिया दिनुहोस्