site stats
बाह्रखरी :: Baahrakhari
देश
रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते
प्रतीकात्मक तस्बिर ।

रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रीवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार (असार ९) बिहान काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५२१६ नम्बरको बस अनियन्त्रित भई सात फिट दक्षिण साइडमा दुर्घटना भएको हो ।

घाइते हुनेमा सात भारतीय नागरिक छन् । भारतको सीतामढीकी ४४ वर्षीय रेखादेवी राम, सोही ठाउँकी २२ वर्षीय जहदेवी झा, सोही ठाउँका ११ वर्षीय बिसुकुमार पटेल, मोहमद अकिल, ३८ वर्षीय नरगिस खातुन, दुई वर्षीय आयस प्रतीक घाइते भएका डीएसपी राजकुमार राईले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ की २३ वर्षीया अनुष्का निगम, जनकपुरकी ३५ वर्षीया सन्तोषी ठाकुर र महोत्तरीको जलेश्वर नगरपालिका–४ की ४३ वर्षीया पूनम ठाकुर घाइते भएका डीएसपी राईले जानकारी दिए ।

घाइते सबैको उपचार चन्द्रपुर अस्पतालमा भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको उनले बताए ।

बसमा २५ जना सवार थिए । १० घाइते र अरू १५ जना गन्तव्यतिर गएका उनले जानकारी दिए । चालक भने फरार छन् । रासस

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्