site stats
बाह्रखरी :: Baahrakhari
देश
'इजरायलमा पाँच सय नेपाली बिहाबारी गरी त्यहीँ बस्दै आएका छन्, ५०० अवैध'

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायलमा रहेका नेपालीको ‘स्टाटस’बारे संसद्लाई जानकारी गराएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त जानकारी दिएकी हुन् । “इजरायलमा दुई हजार जीटुजी गएका नेपाली छन् । उहाँहरूको सबै डेटा छ । उहाँहरूलाई उद्धार गर्न कुनै समस्या छैन । उहाँहरूले लगातार तीन वर्ष यहाँ पैसा तिर्नु भएको छ । सुरक्षा कोषबाट उहाँहरूको उद्धार हुनसक्छ,” उनले भनिन् ।  

इजरायल र प्यालेस्टाइन चरमपन्थी समूह हमासबीच युद्ध सुरु भएपछि ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत नेपालीलाई पठाउन छोडिएको उनले बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“धेरै जना भारतीय पासपोर्ट लिएर पनि पुगेका छन् । फेक भारतीय पासपोर्ट । त्यो असली होइन नक्कली लिएर पुगेका छन् । उहाँहरूले पनि उद्धारको लागि हामीलाई अपिल गर्नुभएको छ, हामी आउन पाउँ भनेर,” परराष्ट्रमन्त्री राणाले भनिन् ।

भारतीय पासपोर्टमा जाने नेपालीले उद्धारको लागि अनुरोध गरेपछि परराष्ट्रले प्रक्रिया सहज बनाइदिन भन्दै गृह मन्त्रालयलाई पत्र लेखेको उनले बताइन् । यस्तो अवधिमा उनीहरूलाई ‘ट्राभल डकुमेन्ट’ उपलब्ध गराउने अनुमति स्वीकृति गर्न भनि गृहलाई भनिएको छ ।

जोर्डनले ट्राभल डकुमेन्टमा यात्रा गर्नेलाई प्रवेश नदिने निर्णय गरेको कारण यस्तालाई इजिप्ट हुँदै नेपाल ल्याउनेतर्फ सोचिएको उनले जनाइन् । इजरायलमा राजदूतहरू नै बंकरमा बस्नु परेकोले अफिस सञ्चालन गर्नसक्ने स्थिति नरहेको समेत उनले स्पष्ट पारिन् “इजरायलमा चार/पाँचसय नेपाली अवैध हुनुहुन्छ । उहाँहरू पनि जहाज गयो भने आउँछौँ भन्नेमा हुनुहुन्छ । जोर्डनले ट्राभल डकुमेन्ट हामी अलाउ गर्दैनौँ भनेको छ । इजिप्टबाट ल्याउन सकिन्छ कि भनेर त्यो प्रयासमा पनि छौँ,” परराष्ट्रमन्त्री राणाले बताइन् ।

परराष्ट्रमन्त्री राणाका अनुसार, इजरायलमा पाँचसय नेपाली त्यही बिहाबारी गरेर सेटल भएका छन् । 

इजरायल र इरानबीचको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको उनले बताइन् ।  

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्