अर्थ व्यवसाय

काठमाडौं । नेपाल बैंक लिमिटेडले कैलालीको धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । धनगढी उपमहानगरपालिका–२ चौराहस्थित आइतबारदेखि बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यससँगै मुलुकभर बैंकका शाखा संख्या २३० पुगेको छ । आइतबार एक कार्यक्रमका बीच बैंकका प्रदेश प्रमुख उमा नकर्मी र नयाँ शाखाका प्रबन्धक मुकेश चन्दको उपस्थितिमा शाखा सञ्चालनमा ल्याइएको हो ।
पूर्णरूपमा सञ्चालनमा आएको नयाँ शाखाबाट बैंकसम्बन्धी सबै किसिमका सेवा उपलब्ध गराइने शाखा प्रमुख चन्दले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १७:२२
प्रतिक्रिया दिनुहोस्