site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महालक्ष्मी विकास बैंकको एपमार्फत रेमिट्यान्स सिधै खातामा

काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको औपचारिक रूपमा सुरुआत भएको छ ।

यसअन्तर्गत नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर बैंकको मोबाइल बैंकिङ एपमा प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सयभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीबाट पठाइएको रकम सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

डिजिटल नवप्रर्वर्द्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक मौबाइल बैंकिङ एपमै एकीकृत गरी यस किसिमको विप्रेषण सेवा प्रदान गर्ने विकास बैंकहरूमध्ये पहिलो बनेको छ । 

 

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्