अर्थ व्यवसाय
16138872681680584642.jpg)
काठमाडौं । नेपाली बजारमा मंगलबार (असार १०) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ५०० रुपैयाँ कायम छ । सोमबार (असार ९) छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ ११:१२
प्रतिक्रिया दिनुहोस्