खेल

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिड फिफा क्लब विश्वकप २०२५ को समूह चरणबाटै बाहिरिएको छ । मंगलबार रोज बाउल स्टेडियममा ब्राजिलियन क्लब बोटाफोगोमाथि १–० को जित निकाले पनि एट्लेटिको बाहिरिएको हो ।
एट्लेटिकोको जितमा खेलको ८७औँ मिनेटमा फ्रान्सेली स्टार एन्टोइन ग्रिजमनले गरेको गोल निर्णायक बनेको थियो । जितका बाबजुद एट्लेटिको क्लब विश्वकपको अन्तिम १६ मा पुग्न असफल भयो ।
समूह ‘बी’मा तीन खेलबाट पीएसजी, बोटाफोगो र एट्लेटिको मड्रिडले समान ६ अंक जोडे । गोलअन्तरका आधारमा पीएसजी समूह विजेता बन्यो । बोटाफोटो समूह उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्दा एट्लेटिको बाहिरिन बाध्य भयो ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ ११:१८
प्रतिक्रिया दिनुहोस्