site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंबाहेक सबै महानगरले ल्याए बजेट, बालेन र सुनिताबीच अझै जुटेन सहमति

काठमाडौं । काठमाडौंबाहेक सबै महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । छमध्ये पाँच महानगरले बजेट ल्याएका हुन् ।

काठमाडौं महानगरमा भने बजेटका लागि अझै सहमति जुटेको छैन । करिब ६ महिनादेखिको विवादका कारण मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाउन सकेका छैनन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महानगर स्रोतका अनुसार, मेयर बालेन र उपमेयर सुनिता डंगोलबीच नै सहमति जुटेको छैन । महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेले बजेटबारे कुनै जानकारी नरहेको बताए ।

“महानगरको बजेट आगामी असार मसान्तसम्म आउँछ भन्नेमा ढुक्क छौँ । नेतृत्व तहमा सहमति हुन्छ । त्यसपछि बजेट आउँछ,” काफ्लेले बाह्रखरीसित भने । 

काठमाडौं महानगरका ३२ वडामध्ये कांग्रेसले १८ र नेकपा (एमाले) १२, नेकपा (एकीकृत समाजवादी) एक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वडाको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्