site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
निबन्धकार नयाँघरेसहित पाँच स्रष्टा पुरस्कृत

काठमाडौं । जीवन स्मृति प्रतिष्ठान, दमकले विभिन्न सर्जकहरूलाई सम्मानित गरेको छ ।

सम्मानित स्रष्टाहरूमा साहित्यकार लीला उदासी ‘जीवन स्मृति पुरस्कार २०७८’बाट, निबन्धकार युवराज नयाँघरे ‘जीवन स्मृति पुरस्कार २०७९’बाट, कलाकार विक्रमश्री ‘जीवन स्मृति पुरस्कार २०८०’बाट तथा कथाकार रीता ताम्राकार ‘जीवन स्मृति पुरस्कार २०८१’ बाट पुरस्कृत भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै ‘जीवन स्मृति युवा प्रोत्साहन पुरस्कार २०८१’ बाट सर्जक चोमु शेर्पा खुशी, नगद राशि १० हजार १११ सहित सम्मानित भएका छन् ।

दमकमा सम्पन्न कार्यक्रममा दमक नगरपालिका प्रमुख रामकुमार थापाले सम्मानित स्रष्टाहरूलाई सम्मान गर्दै आफ्नो विचार राखे । 

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्