कला

काठमाडौं । चलचित्र ‘जहाजैमा’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन् । कृषा चौलागाईंले निर्देशन गर्ने चलचित्रमा केदारको अभिनय रहने भएको हो ।
कृषा र केदारले पहिलोपटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।
चलचित्रमा मल्टिस्टारर कलाकारहरू रहने निर्माणपक्षले जनाएको छ । यसअघि यो चलचित्रमा जापानी नायिका रुजेल इचिमिया फाइनल भइसकेकी छिन् ।
भदौबाट छायांकन हुने चलचित्र नेपालसँगै जापान र फिलिपिन्समा खिचिनेछ । चलचित्रको निर्माता उज्ज्वल गुरागाईं हुन् ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ ०८:३०
प्रतिक्रिया दिनुहोस्