देश

काठमाडौं । मनहरा खोलामा हाम फालेका युवकको सकुशल उद्धार गरिएको छ । ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित मनहरा खोलामा हाम फालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।
नुवाकोट घर भई पुनर्जिवन अस्पताल बालकुमारी ललितपुरमा उपचार गराइरहेका १८ वर्षिय आयुष बडाल बुधबार बिहान ६ः४० बजे मनहरा खोलामा हाम फालेका थिए ।
उनलाई नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले सकुशल उद्वार गरेको हो । उद्धार गरिएका उनको अवस्था सामान्य रहेको छ ।
हाल उनी मेन्टल सम्बन्धी विरामी भई उपचारत रहेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ ०९:२५
प्रतिक्रिया दिनुहोस्