
काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको आकस्मिक बैठक बसेको छ । मंगलबार समितिकी संयोजकसमेत रहेकी उपमेयर सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा बजेटलाई असार १० गतेभित्र नगर सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था पालना हुन नसकेको विषयमा छलफल भएको छ ।
बैठकमा समयमै बजेट ल्याउन नसकिएको विषयमा छलफल भएको थियो । मेयरको संयोजकत्वमा गठित स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले काम गर्न नसकेको विषयमा बैठकले समीक्षा गरेको थियो ।
बैठकले तोकिएको समयमा बजेट पारित नहुँदा साउन १ गतेदेखि विकास निर्माण, कर्मचारीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, फोहोरमैला संकलन तथा विसर्जनमा समस्या आउने विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
बैठकमा उपमेयर, डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, प्रवक्ता नवीन मानन्धर, नवराज पराजुली, ख्याम तिवारी, ईश्वरमान डंगोल, राम कुमार केसी, राजेश कुमार श्रेष्ठ, बालकृष्ण महर्जन, हिरालाल तण्डुकार, आशामान संगत, चिनीकाजी महर्जन, मचाराजा महर्जन, प्रेम थापा, रामजी भण्डारी, सुमित्रा लामिछाने सुवेदी थिए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार, स्थानीयत तहले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र नगरसभामा पेस गरिसक्नुपर्छ । तर, काठमाडौं महानगरमा गत पुस ८ गतेपछि कार्यपालिका बैठक बस्न सकेको छ ।