site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘विश्वराज अधिकारी : अनुभूतिका विविध प्रवाहमा’ सार्वजनिक

काठमाडौं । नारी स्रष्टा समाज, विराटनगरले ‘विश्वराज अधिकारी : अनुभूतिका विविध प्रवाहमा’ पुस्तक लोकार्पण गरेको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठ, नाट्यकर्मी अशेष मल्ल, साहित्यकार राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदनलगायतले पुस्तक लोकार्पण गरे ।

प्रमुख अतिथि श्रेष्ठले विश्वराज अधिकारीले अमेरिका बसेर पनि नेपाली भाषा साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरे । उनले समग्र नेपाली साहित्यकाबारे बोल्दै अधिकारीले देशदेशावरमा रहेका नेपाली भाषी साहित्यकारहरूसँग अन्तरक्रिया हुने अवस्था सिर्जना गर्न आग्रह गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नाट्यकर्मी मल्लले अधिकारीले सात समुद्रपारि रहेर नेपाली भाषा साहित्यका विषयमा सोच्दै आएको प्रसंग उठाउँदै अब साहित्यमा भ्रष्टाचारमुक्त मुलुकको कल्पना गर्ने दर्शन पनि प्रस्तुत हुनुपर्नेमा जोड दिए । 

समीक्षात्मक टिप्पणी गर्दै रमेन्द्र कोइरालाले कृतिबारे चर्चा गरे । कृतिका सम्पादक ममता मृदुलले यो पुस्तक ल्याउनुको कारण बताइन् । यसअघि उनले अशेष मल्ललाई लिएर अनुभूतिका विविध प्रभाव ल्याइसकेकी छन् ।

पुस्तकमा अधिकारीले लेखेका कृतिहरूमाथि विभिन्न सर्जकहरूले गरेको समीक्षा समावेश छ । अधिकारीका ४० बढी पुस्तक प्रकाशित छन् ।

कार्यक्रममा साहित्यकारहरू अधिकारी, रोदन, लेकाली, शरद प्रधान, कल्याण पन्तलगायतले कृतिबारे बोले ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्