अर्थ व्यवसाय

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले उपभोक्ताले खरिद गर्ने सुनमा कर लगाउन नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद महतले भन्सार लगाएर सीमा नतोकी सुन ल्याउन दिनुपर्ने बताए ।
सुन विलासिताको वस्तु नभएकाले यसमा उपभोक्तालाई मार पर्ने गरी कर थप्न नहुने उनको भनाइ छ ।
उनले बाहिरबाट आयात हुने तयारी वस्तुलाई बढी कर लगाएर स्वदेशमा उत्पन्न हुने वस्तुलाई सस्तो बनाउनुपर्ने बताए । नेपाली उत्पादनलाई भ्याटको दायरामा ल्याउनुपर्ने उनले बताए ।
त्यस्तै, उनले साफ्टा (दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र) अन्तर्गत भन्सार छुट लगाउन जरुरत नरहेको बताए ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ १५:१०
प्रतिक्रिया दिनुहोस्