site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘मन्जुश्री’ले सुरु ग‍र्‍यो स्मार्ट डिपोजिट

काठमाडौं । मञ्जुश्री फाइनाइन्सले खल्तीसँगको सहकार्यमा डिजिटल वालेटमार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । मन्जुश्री फाइनाइन्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिटजस्तो नवीनतम प्रविधिले वित्तीय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाएको कम्पनीको दाबी छ ।

खल्तीमार्फत आफ्नो वित्तीय कारोबार गरिरहेका ग्राहकले सजिलै मन्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नेछन् । यसले वित्तीय संस्थामा गएर खाता खोल्न खर्चिनुपर्ने समय बचत हुने तथा वित्तीय कारोबार गर्न झनै सहज हुने विश्वास रहेको मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिलसिनाले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिकरूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि ६ महिनादेखि ६० महिनासम्म चयन गर्न मिल्नेछ भने न्यूनतम १०० रुपैयाँबाट सुरुआत गर्न सकिने सुविधा छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार खल्ती र मञ्जुश्री फाइनान्सको सहकार्यमा सुरु गरिएको ‘स्मार्ट डिपोजिटजस्तो डिजिटल बचत फिचरले नेपाल राष्ट्र बैंकको वित्तीय पहुँच विस्तारको लक्ष्यलाई सार्थक बनाउन थप सहयोग पुर्‍याउने विश्वास कम्पनीको छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्