
काठमाडौं । मेटलाइफ नेपालले आफ्नो वार्षिक बिमालेख पुनर्जागरण अभियान सुरु गरेको छ । जसअन्तर्गत ग्राहकहरूलाई आफ्ना व्यतित जीवन बिमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यस अभियानअन्तर्गत, म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १०० प्रतिशत विलम्ब शुल्क मिनाहा गरिएको छ भने पाँच वर्षभन्दा बढी समयदेखि व्यतित भएका पोलिसीहरूमा ६० प्रतिशत विलम्ब शुल्क मिनाहा गरिने कम्पनीले जनाएको छ । यसले ग्राहकहरूलाई पोलिसी पुनः सक्रिय गर्न सहयोग पुर्याउने र जसले दीर्घकालीन आर्थिक सुरक्षातर्फको प्रतिबद्धता कायम राख्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।
बिमालेख पुनर्जागरण गर्ने प्रक्रिया सहज र पहुँचयोग्य बनाइएको छ । आवेदन फारम कम्पनीको वेबसाइटमा उपलब्ध छ भने प्रिमियम भुक्तानी इ–सेवा, कनेक्ट आईपीएस, वा वन वाई मेटलाइफ एपमार्फत गर्न सकिन्छ ।