site stats
बाह्रखरी :: Baahrakhari
खेल
यू–२३ पुरुष फुटबल टिमको मुख्यप्रशिक्षकमा नवीन न्यौपाने

काठमाडौं । नेपाली राष्ट्रिय यू–२३ पुरुष फुटबल टिमको मुख्यप्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । बधुबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले न्यौपानेलाई आगामी एएफसी यू–१६ एसियन कप छनोटको निम्ति मुख्यप्रशिक्षकमा नियुक्त गरेको हो ।

आज नै सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फाका कार्यवाहक महासचिव दामोदर भट्टराईले न्यौपानेलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

न्यौपानेले अब ताजाकिस्तानमा आगामी सेप्टेम्बर ३ देखि ९ सम्म हुने एएफसी यू–२३ प्रतियोगितामा नेपाली टोलीको जिम्मेवारी सम्हाल्नेछन् । प्रतियोगितामा नेपाल समूह ‘एच’मा छ । समूहमा नेपालसँगै  ताजाकिस्तान, सिरिया र फिलिपिन्स छन् । 

एएफसीका अनुसार, नेपालले छनोटअन्तर्गत सेप्टेम्बर ३ मा ताजाकिस्तान, सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग छनोट खेल्नेछ । यसअघि, न्यौपाने सन् २०२१ को नोभेम्बरमा ताजिकिस्तानसँग भएको मैत्रीपूर्ण खेलमा पनि अन्तिरम प्रशिक्षक थिए ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्