site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
७० वर्षेलाई लिएर धेरै अनुमान जरुरी छैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले ७० वर्षे उमेरहदको प्रावधानबारे विधान महाधिवेशनले निर्णय गर्ने बताएका छन् । बुधबार सचिवालय बैठकको निर्णय सुनाउँदै उनले उमेरहदबारे विधान महाधिवेशनमा निर्णयार्थ पेस हुने बताए । 

“...केन्द्रीय कमिटीको बैठकबाट त्यसलाई (७० वर्षे) स्थगन गरेका थियौँ । स्थगनको त्यो प्रस्ताव विधान महाधिवेशनमा निर्णयार्थ प्रस्तुत हुन्छ । हाम्रो पार्टीको फैसला गर्ने सर्वाेच्च निकाय निकाय विधान महाधिवेशन भएकाले त्यसबारे आवश्यक निर्णय विधान महाविधेशनले गर्नेछ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले ७० वर्षे उमेरहदका विषयलाई सैद्धान्तिक विषय बनाउन आवश्यक नरहेकोसमेत बताए । “यो विषयलाई लिएर धेरै अनुमान गर्नु या यसलाई सिद्धान्तको विषय बनाउन जरुरी छैन । यो प्राविधिक र व्यवहारिक विषय हो । पार्टीले कस्तो कार्यदिशा लिन्छ भन्ने कुराले संगठनात्मक संरचना कस्तो हुन्छ वा कस्तो नेतृत्व चाहिन्छ भन्ने कुरालाई तय गर्छ,” उनले भने । 

ज्ञवालीले ७० वर्षे उमेरहद कायम गर्नुपर्छ भन्नेहरू क्रान्तिकारी नहुनेसमेत बताए । “मार्क्सवादले उमेरहद राख्नुपर्छ पनि भनेको छैन, राख्नुहुन्न पनि भनेको छैन । राख्नुपर्छ भन्नेहरू भयंकर क्रान्तिकारी, राख्नुपर्दैन भन्नेहरू अक्रान्तिकारी भनेको छैन,” उनले भने ।
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्