site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको दाबी : पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न चाहन्छन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने दाबी गरेका छन् । ट्रम्पले यो वर्ष अमेरिकाले युक्रेनलाई थप सहयोग नगर्ने कुरालाई पनि अस्वीकार गरेनन् ।

ट्रम्पले भने, "हामी हेर्नेछौँ के हुन्छ । पुटिन यो युद्ध अन्त्य गर्न चाहन्छन् । मानिसहरू हरेक तहमा मरिरहेका छन् । यस्तो पहिले कहिल्यै भएको थिएन ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अष्ट्रेलियाको सरकारी टीभीका एक रिपोर्टरले ट्रम्पलाई सोधे कि उनी युक्रेन र रुसबीचको युद्ध किन अन्त्य गर्न असमर्थ छन् ?

ट्रम्पले जवाफ दिए, "यो मानिसहरूले सोचेभन्दा धेरै गाह्रो छ ।" 

"मेरो जेलेन्स्कीसँग केही समस्या छ । तपाईंले यसको बारेमा पढ्नुभएको हुन सक्छ," ट्रम्पले थप भने । 

साथै, ट्रम्पले इरान–इजरायल र भारत–पाकिस्तानबीचको द्वन्द्व अन्त्य गरेको दाबी गरे ।

भारत–पाकिस्तान द्वन्द्वको बारेमा ट्रम्पले दोहोर्‍याए, "मैले धेरै फोन कलहरू गरेर यसलाई अन्त्य गरेँ ।" बीबीसी

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्