राजनीति

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको धरौटीका लागि ग्लोबल आइएमई बैंक ग्यारेन्टी बसिदिएको छ ।
बुधबार विशेष अदालतमा भएको थुनछेक बहसपछि नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।
विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटी माग्ने आदेश गरेको हो ।
नेपाल बैंक ग्यारेन्टी धरौटी बुझाएर अदालतबाट निस्किएका छन् ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ २२:४५
प्रतिक्रिया दिनुहोस्