site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दुर्लभ खनिजविज्ञको पासपोर्ट जफत गर्दै चीन
फाइल तस्बिर ।

काठमाडौं । चीनले आफ्नो दुर्लभ खनिजपदार्थ (रेयर अर्थ मेटेरियल)को सुरक्षालाई तीव्र बनाएको छ । यसनिम्ति दुर्लभ खनिजपदार्थ उत्पादक कम्पनीलाई आफ्ना प्राविधिक कर्मचारीको सूचीकरण र पासपोर्ट समेत संकलन (जफत) गर्न आदेश दिइएको छ ।

चीनको यो कदमलाई दुर्लभ खनिजपदार्थको निर्यात नियन्त्रणलाई भूराजनीतिक हतियारका रूपमा प्रयोग गर्न खोजिएका रूपमा अ्थ्याइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वाल स्ट्रीट जर्नलका अनुसार, चीनको वाणिज्य मन्त्रालयले दुर्लभ खनिजपदार्थ उत्पादक कम्पनीलाई यो विषयका विशेष सीप भएका कर्मचारीको शिक्षा, अनुसन्धान अनुभव र विशिष्ट योगदान तथा भूमिकालगायत विस्तृत विवरण उपलब्ध गराउन भनेको छ ।

ती व्यक्ति अनधिकृत यात्रालाई रोक्न र गोप्य जानकारी चुहावटको जोखिम कम गर्न भन्दै कम्पनीले कर्मचारीका पासपोर्ट नियन्त्रण गरिरहेको जनाइएको छ ।

विद्युतीय सवारीसाधनका मोटरहरू, मानिसले प्रयोग गर्ने इलेक्ट्रोनिक्सदेखि हतियारसम्मका निम्ति त्यो अत्यावश्यक कच्चापदार्थ हो । विश्वको करिब ९० प्रतिशत दुर्लभ खनिज चुम्बक प्रशोधन गर्ने चीनले यो नयाँ उपायमार्फत ‘नलेज ट्रान्सफर’लाई नियन्त्रण गर्न खोजेको छ । जबकि, चीनका विश्वव्यापी प्रतिस्पर्धी यसको आन्तरिक आपूर्ति शृंखला निर्माण गर्न संघर्षरत छन् ।

पश्चिमा देशका अटोमोबाइल निर्माता टेस्ला र प्राविधिक दिग्गज एप्पल र रक्षा ठेकेदार अस्ट्रेलिया, भारत र अमेरिकाबाट दुर्लभ खनिज स्रोत खोज्न दौडिरहेका छन् । यही बेला चीनको कडा नियन्त्रणले आपूर्ति अभाव, मूल्यवृद्धि र वैकल्पिक सामग्री विकास वा ‘रिसाइक्लिङ’ क्षमतालाई तीव्र बनाउन सक्ने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्